अंग्रेज युद्धको सम्झनामा तानसेनमा जात्रा

जनकराज भट्टराई,पाल्पा। गोरखाली फौजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा  शनिबार पाल्पाको तानसेनमा रणउजिरेश्वरी भगवती जात्रा धुमधामका साथ मनाइएको छ । जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो जात्राको रुपमा यस्लाई लिने गरिन्छ।वीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रालाई बिजय उत्सब र अबिर जात्राको रुपमा मनाउने गरिन्छ।

उजीर सिंहले वि.सं. १८७२ सालमा भगवतीलाई भाकल गरेर युद्ध जिताईदिएमा प्रत्येक वर्ष अबिर जात्रा गर्ने कबुल गरे। सोहीअनुसार उनले १८७२ सालदेखि भगवतीको मन्दिर बनाउन पनि शुरु गरे।पछि १८७६ सालमा उजीरसिंहको कमाण्डले अंग्रेज फौजलाइ युद्धमा हरायो। त्यसपछि तानसेनमा युद्ध जितेको खुसीयालीमा जात्रा भयो। त्यसैको निरन्तरता स्वरुप अहिले सम्म जात्रा मनाईने गरिएको हो। सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसि भजन किर्तन गरि राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । भगवती रथलाई सिन्दूर, अबिर र केशरीसहित अन्य वैदिक पुजापाठ गर्दै सहर परिक्रमा गराइन्छ । यो विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन मनाइन्छ । यो ऐतिहासिक रथ यात्रा यो वर्ष २०४ औ रथ यात्रा हो । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । जात्रामा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा पुग्ने गर्छन् ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ