सल्यानमा एसिड प्रहारबाट तीन जना घाइते

सल्यान । सल्यानमा एसिड प्रहारबाट तीन जना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका–३ चम्पुटाकुराका अन्दाजि ५० वर्षीय बेचे रावतले एसिट प्रहार गर्दा भाइ–बुहारीसँग अर्का एक जना घाइते भएका हुन ।

बेचेले एसिड प्रहार गर्दा ४९ वर्षिय भाई भीमबहादुर रावत, उनकी ४० वर्षीया श्रीमती दिपा रावत र छिमेकी ३२ वर्षीय भीमबहादुर रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो । घाइते तीनै जनाको नेपालञ्जमा सामान्य उपचारपछि अहिले काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको आफन्तहरुलाई उदृत गर्दै खनालले बताउनुभयो।सोमबार साँझ ७ बजेतिर भाइ–बुहारीसँग आर्थिक विषयमा विवाद हुँदा बेचेले एसिड प्रहार गरेका थिए । उनले मदिरा सेवन गरेर एसिड प्रहार गरेको पाइएको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।

उहाँका अनुसार बेचेलाई सोमबार नै प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गरी उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । बेचेले सल्लाको खोटो निकाल्न प्रयोग हुने एसिड प्रहार गरेका थिए ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु