जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु

सुर्खेत। सुर्खेतको भेरिगंगा नगरपालिका-५, गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कवि वलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।

उनीहरूको शव घरदेखि करिब ५ सय मिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ । बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवै जना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरी चौकी बबईमा खबर गरेका थिए ।आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देवदत्त गण र स्थानीयवासीको संयुक्त टोलीले दुवै जनालाई जङगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतक रामबहादुर चन्दको पेट र कवि वलीको घाँटीको भागको मासु खाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ। उनीहरूलाई कुन जनावरले आक्रमण गरेको हो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीको भनाई छ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु