कांग्रेसले आजदेखि जनप्रतिनिधिका बिचमा अभिमुखीकरण सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।

निर्वाचित भएको ठीक तीन महिनापछि कांग्रेसले जनप्रतिनिधिहरूलाई काठमाडौं बोलाएर अभिमुखीकरण गर्न लागेको हो ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको आज दिउँसो ११ बजे ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाले  उद्घाटन गर्दैछन् ।

उक्त कार्यक्रममा पार्टीका शीर्ष नेताहरू पनि प्रशिक्षण दिनेछन् । कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख-उपप्रमुखको सहभागिता हुने कांग्रेसले जनाएको छ ।

अभिमुखीकरणका कारण कांग्रेसले निर्वाचन केन्द्रित देशव्यापी अभियानलाई पछि सारेर छोट्याएको छ । ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि सुरू गर्ने अभियान १० गतेका लागि तय गरेको हो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु