एकीकृत समाजवादी प्रदेश नंं. १ कमिटीको बैठक सम्पन्न

विराटनगर।  नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको शुक्रवार बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको छ ।
सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिङ गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकमा प्रदेश सरकार र मन्त्रीहरूसँग सम्बन्धित विषयमा पनि रिर्पोटिङ भएको छ । बैठकले सदस्यता नवीकरण, विस्तारलगायत सबै प्रकारको अभिलेखीकरणको कामलाई भदौ महिनाभरि सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
पार्टी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, पार्टीका सचिव तथा सह–इञ्चार्ज एवं प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित प्रदेशका मन्त्रीहरूको उपस्थिति रहेको थियो । शनिबार जनसंगठनका प्रमुखहरूसहितको बैठक बसी थप कार्ययोजना बनाउने सचिव रेग्मीले बताउनुभयो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु