एकैपटक तीन ठूला सवस्टेशन सञ्चालनमा

काठमाडौं । एकैपटक विद्युत प्राधिकरणका तीन ठूला सवस्टेशन सञ्चालनमा आएका छन् ।
पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भएपश्चात सञ्चालनमा आएको हो ।
प्राधिकरणले एकै दिन २ सय २० किलो भोल्ट क्षमताका तीन सवस्टेशन सञ्चालनमा ल्याएको हो । प्राधिकरणले निर्माण सम्पन्न सुनसरीको इनरुवा, संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २ सय २० केभी सबस्टेशनमा अस्तिबाट विद्युत प्रवाह गरी सञ्चालनमा ल्याएको छ ।

तुम्लिङटारमा २६० एमभिए र बानेश्वर सवस्टेशनमा ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान भएका छन् । यस्तै, कोशी करिडर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २ सय २० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ ।प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण पूर्वी नेपालका पहाडी क्षेत्रमा निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सक्ने जनाइएको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी