प्रेमाका ३ गजल

  • किताब वा खेलौना स्वभावले निर्धारण गर्छ
    लाग्दैन बच्चाले हर गल्ति आमाकै कारण गर्छ।
  • शरीरले शरीर लुटेको खबर त बाहिर आउदैन यहाँ
    मनले मन लुटेको खबर झन कसले प्रसारण गर्छ ?
  • खेति उसले पनि गरेकै हो कागजका गराहरुमा
    फरक यति हो बाली होइन अनुदान भण्डारण गर्छ।
  • कदम कदममा गलतको बिरोधि बन्छ, जो
    एकदिन शालिक बनेर सधैलाइ मौनधारण गर्छ
  • संसारकै खुसी त्यतिबेला सम्झन्छिन आफुलाइ
    जब बच्चाले पहिलो शब्द आमा उच्चारण गर्छ।

 

  • चलाउनलाइ सम्बन्ध रोकिएको सम्पर्क ,जारी हुनुपर्छ
    म भन्दिन एउटा सधै देउता,र अर्को पुजारि हुनुपर्छ।
  • सानो बच्चा पनि संसारकै ,अग्लो मान्छे हुनसक्छ
    बस एकपटक बुबाको काधको, सवारी हुनुपर्छ।
  • जहिले सुत्छौ अनि सपनामै, हारे भन्छौ यार
    संसार जित्न त काधमा ,जिम्मेवारी हुनुपर्छ।
  • फुलिसके कपाल चाउरिएछ गाला ,र पनि भन्दै छ
    बिहे गर्छु फेरि गर्छु केटि चाहिँ कुमारी हुनुपर्छ ।
  • सुम्पियो तन मन माया दियो, दियो सबै कुरा
    समाजको डरले एकदिन वारि पारी हुनुपर्छ ।

 

  • फुलेको मखमलिलाइ सधै ,तिहार नआउन सक्छ ।
    जस्तो कि यसपाली पर्देशि ,निधार नआउन सक्छ ।
  • सजाउछे सारा सृष्टि उ चकित मोहित बनाउछे जो
    हो नारी हो उ नारी हो शृङ्गार नआउन सक्छ
  • बाआमा लाइ त्यही छोराको सधै भइरहन्छ एउटै पिर
    सपना लिइ उडेको मौरी, फर्की घार नआउन सक्छ
  • मनले भन्छ नरुवाउ भो मित्र होस या दुश्मनको मन
    दिमाख भन्छ नछोड मौका, बारबार नआउन सक्छ
  • आकाशलाइ बा आमा धर्ती मानेर हुर्किएकी म
    जे भोगे त्यही सिके मैले ,संस्कार नआउन सक्छ ।

© प्रेमा पराजुली
उज्यालो लाल्टिन प्रतिष्ठान

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु