चुनावको मिती तय भएको छ, हामी खुसी छौँः उपाध्यक्ष नेम्वाङ

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिती तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘चुनावको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ ।’

हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।

लोकप्रिय मतका आधारमा गएको पालिका चुनावमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो । ‘हामीले समयमै चुनाव घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा चुनाव सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ’, उहाँले भन्नुभयो । चुनावमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उहाँले आउने चुनावमा जनताको आशीर्वाद रहनेमा विश्वस्त रहेको बताउनुभयो । ‘आवधिक चुनाव घोषणा भएको छ, अब जनताले फैसला गर्नेछन् । चुनावमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ’, उपाध्यक्ष नेम्वाङले भन्नुभयो । पार्टीले चुनावको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उहाँले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गर्नुभयो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी