प्युठानमा ‘साहित्य महोत्सव’ हुने

प्युठान। जिल्लाको जीवन, संस्कृति, भाषा, कला, समाज तथा राजनीतिलाई साहित्यको माध्यमबाट उजागर गर्नको लागि प्युठानमा ‘प्युठान साहित्य महोत्सव’ हुने भएको छ।

साहित्य परिषद प्युठानको सोमबार काठमाडौंमा बसेको बैठकले आगामी कार्तिक ५ देखि ७ गतेसम्म प्युठानमा ‘साहित्य महोत्सव’ आयोजना गर्ने निर्णय गरेको हो ।
साहित्य परिषद् प्युठान काठमाडौँ सम्पर्क समितिका संयोजक समीर सिंहका अनुसार देशका विभिन्न ठाऊँहरुबाट साहित्यकार, कलाकार, बुद्धिजीवीहरुलाई समेत प्रतिनिधित्व गराइने सो महोत्सवको उद्घाटन कार्तिक ५ गते स्वर्गद्वारीमा स्थानीय झाँकी, कविता, गीत लगायतका साहित्यिक गतिविधिहरुका साथ हुनेछ।

कार्तिक ६ गते बिहान ओखरकोट र साँझ खलङ्गामा सोही प्रकारका साहित्यिक कार्यक्रम हुनेछ भने कार्तिक ७ गते बाग्दुला।आ देवकोटा जयन्ती लगायत विभिन्न गतिविधिहरु गरी महोत्सवलाई अझ आकर्षक बनाइनेछ। सो अवसरमा प्युठानका विभिन्न पर्यटकिय तथा सांस्कृतिक स्थानहरुको भ्रमणसमेत गरिनेछ।
बैठकमा मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लिलामणी पोखेल, मणी थापा, दूर्गा पौडेल, डा. गोविन्द पोख्नेल, डा. गोविन्द पौडेल, हरिहर शर्मा लगायत प्युठान जिल्लासँग सम्बन्धित विभिन्न बुद्धिजीवी, राजनैतिक व्यक्तित्व, साहित्यकारहरुको समेत उपस्थिति रहने सिंहले बताए।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु