यू–२० साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ८–० गोलले पराजित

काठमाडौँ । यु–२० साफ च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपाल भारतसँग ८–० गोलको नतिजामा लज्जास्पद रूपमा पराजित भएको छ । भुवनेश्वरस्थित कालिंगा रंगाशालामा सम्पन्न खेलमा भारतसँग पराजित भएसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गर्दा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, सुभो पल र गुरकिरत सिंहले एक–एक गोल गरे ।

खेलको ३२औँ मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । उनले नेपाली गोलकिपर इश्वर गुरुङले बल समाउन नसक्दा आएको पाएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको भारतले दोस्रो पाँच गोल थप्यो । खेलको ५०औँ मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि पार्थिवले नै भारतलाई तेस्रो अग्रता दिलाए । ६४औँ मिनेटमा पथुम गिम्हानाले चौथो गोल गर्दा ७२औँ मिनेटमा हिमान्सु जङ्ग्राले अग्रतालाई ५–० मा पुर्‍याए । यस्तै, ७८औँ मिनेटमा टंकधरले छैटौँ गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत सिंहले सातौँ गोल गरे । इन्जुरी समयमा सुभो पलले गोल गरेसँगै भारतले नेपालविरुद्धको जित ८–० ले सुनिश्चित गर्‍यो ।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोड्यो । समान अंक भए पनि नेपाल गोल आधारमा तालिकाको तेस्रो स्थान मा छ । नेपाल फाइनल पुग्ने गणितीय सम्भावना मात्रै बाँकी छ । नेपाललाई फाइनल यात्रा तय गर्न अन्तिम खेलमा बङ्गलादेशलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ । यस्तै, भारत पनि मालदिभ्ससँग फराकिलो अन्तरमा पराजित हुनुपर्नेछ ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ