लायन्स क्लब अफ देवदहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

देवदह // लायन्स क्लब अफ देवदहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । देवदह ५ बैकुण्ठनगरमा निर्माण गरिरहेको आँखा अस्पतालको प्राङ्गणमा लियो क्लब अफ देवदहको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी क्लबका संस्थापक अध्यक्ष लायन विष्णु पौडेलले वातावरणलाई स्वच्छ, सफा र हराभरा तुल्याउन रोपेको रुख बिरुवालाई हुर्काउने दायित्व उत्तिकै रहने र रेखदेख गर्न क्लबका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले आँखा अस्पताल सञ्चालनको लागि चाहिने सम्पूर्ण उपकरण हरु पूरा भए पछि मात्र अस्पताल सञ्चालनमा आउने बताउनुभयो । तत्काललाई भने लायन्स आँखा अस्पताल बुटवलको सहयोगमा आँखा शिविर भने चलिरहेको बताउनुभयो।

वृक्षरोपण कार्यक्रममा आँप, लिची , निम लगायतको बिरुवा रोपिएको थियो । क्लबले यस अघि पनि सोही स्थानमा वृक्षरोपण गर्दै आईरहेको छ । उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु, संस्थाका सदस्य र समाजसेवीहरु उपस्थिति रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षता र क्लबका सचिब गणेश क्षेत्रीको सञ्चालनमा भएको थियो ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ