केटीसँग फेसबुकमा चिनजान, भेट्न बोलाएर अपहरण

दाङ । केही दिनअघि दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका ३ का २७ वर्षीय केशव विकको चिनाजानी दाङ तुलसीपुर ७ की २६ वर्षीया निर्मला विकसँग फेसबुकबाट भयो । निर्मला विकले फेसबुकमा कुरा गर्दै यहि गएको सोमबार केशवलाई बुटवलमा भेट्न बोलाइन् ।

ती महिलाले भेट्न बोलाएपछि केशव सोमबार राती नै बुटवल आइपुगे । तर ती महिलाले आफू लिन आउँन नसक्ने भन्दै आफन्तीलाई गाडीमा लिन पठाएको बताइन् । केशवलाई लिन बबई गाउँपालिका ४ निवासी ३५ बर्षीय लिला विक र सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती पुगे ।

गाडी लिएर पुगेका उनीहरुले केशलाई गाडीमा बसेलेर बुटवलबाट सिधै तुलसीपुर ल्याए । सोमबार राती नै तुलसीपुर ल्याएपछि सल्यानरोडस्थित युवम होटेलमा उनलाई बन्धक बनाएर राखियो ।

७ लाख रुपैँया दिएमात्रै छोड्ने भन्दै उनीसँग फिरौति मागे । त्यो सूचना दैलेख स्थित केशवको श्रीमतिलाई पुग्यो । उनले तत्काल ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई मंगलबार दिउँसो खबर गरिन् । लगत्तै प्रहरीले २० मिनेटमै केशवलाई उद्दार गर्‍यो र घटनामा संलग्न रहेको भन्दै ६ जनालाई पक्राउ गर्‍यो।

पक्राउ पर्नेमा लिला र नेवबहादुरसँगै तुलसीपुर–७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर ४ खाद्रेका २५ बर्षीय सुकलाल विक, कपिलबस्तु शिवराज नगरपालिका–९ का २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान ७ घर भइ हाल तुलसीपुर–६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार युवतीको प्रयोग गरी पैसा असुल्न रणनीति यो समुहले बनाएको खुलेको छ । यसअघि अपहरित भएका केशव, मनोज थारू र सुकलाल बिकसँगै साउदीमा काम गर्दै आएका थिए ।

प्रहरीलाई केशवलाई अपहरण गरी ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी