जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा।  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिवारी गाउँपालिका-२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी