देवदह जेसिजद्वारा एक दिने शेयर बजार विषयक तालिम सम्पन्न

ललिता घिमिरे, देवदह // देवदह जेसिजको आयोजनामा एक दिने शेयर बजार विषयक तालिम सम्पन्न भएको छ । देवदह जेसिजका अध्यक्ष जेसी राजेन्द्र न्याैपानेकाे अध्यक्षता र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री अव्दुल रज्जाककाे प्रमुखआतिथ्यतामा देवदह ८ पाकडी स्थित फोर एस बि आर होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख प्रशिक्षक सेयर विश्लेषक सुभाष चम्द्र भट्टराईकाे सहजिकरणमा भएकाे तालिममा करिव १५० बढी प्रशिक्षार्थीहरूकाे सहभागीता रहेकाे थियाे । उहाले शेयर बजारको परिचय, प्राथमिक बजार र दोस्रो बजार, कम्पनीको परिचय र प्रकार, शेयर खरिद बिक्री , प्रक्रिया, शेयर बजारका फाइदा तथा जोखिमका बारेमा प्रशिक्षण दिनुभएको थियो ।तालिममा शेयर बजार सम्बन्धी अधारभुत ज्ञानबारे सहभागीहरुलाई जानकारी गराई हावाको भरमा शेयर भर्नेहरू र अध्ययन विनाको लगानीहरूमा रोकी तालिमले आर्थिक विकासमा टेवा पुराउन सहयोग गर्ने कार्यक्रम संयाेजक संस्थाका कार्यकारिणी उपाध्यक्ष जेसी धर्मराज चापागाईले बताउनु भयाे । यसरी सेयर बजारमा लगानी गर्दा बुझेर मात्र लगानी गर्नुपर्ने समेत उहाले बताउनुभयाे । संस्थाका महासचिव दुर्गा दाहालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु