एटीएम फोडेर १५ लाख चोरी

कास्की। पोखरामा एनएमबि बैंकको एटीएम मेशिन फोडेर चोरी भएको छ । पोखरा २६ लेखनाथस्थित अर्घौचोकको एटिएम फोरेर रकम चोरी भएको हो ।

एटिएम मेशिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीका अनुसार एटिएम फोरेर चोरी गर्ने चोरको तीव्र खोजी कार्य भइरहेको छ।यसअघि पोखराबाटै एटिएम फोरेर चोरी गर्न खोज्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । एटिएम फोरेर बाकस अर्घौंचोक पछाडि विचारी चौतारीमा फालेर हिँडेको प्रहरीले जनाएको छ । चोरलाई खोज्न प्रहरी टोली खटिएको डिएसपी तिवारीले बताए ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ