प्यूठान। प्यूठान जिल्लाको बिद्युत समस्या बारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकार्षण भएको छ। झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले प्यूठान नगरपालिका ८ दम्तीमा निर्माण भएको सवस्टेशन सञ्चालनको माग राखेपछि कुलमानले क्षेत्रिय कार्यालय नेपालगञ्जलाई तत्काल काम गर्न निर्देशन दिएका हुन ।