ओएसिस एजुकेशनद्धारा नयाँ ब्राण्ड एम्बेसडर सार्वजनिक

बुटवल । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउँदै आइरहेको ओएसिस एजुकेशनले नयाँ ब्राण्ड एम्बेसडर सार्वजनिक गरेको छ । ओएसिसले यस वर्षको मिस नेपाल वल्र्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई ब्राण्ड एम्बेसडर घोषणा गरेको हो ।

ओएसिसका संचालक कुशल के.सी. मिस नेपालको माध्यमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले उपलब्ध गराउने गुणस्तरीय र किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरुमा उक्त जानकारी पुर्‍याउन सहयोग मिल्ने विश्वास गर्छन् । केसी भन्छन् ‘हामी प्रियंकालाई ओएसिस परिवारमा स्वागत गर्न उत्साहित छौं, उहाँको कौशलता र उदारताको गुण हाम्रो कार्यशैलीसंग मिल्ने हुनाले हाम्रो यस साझेदारी निकै नै फलदायी हुनेछ ।’

मिस नेपाल प्रियंकाले पनि ओएसिसिसंग जोडिन पाउँदा खुशी व्यक्त गरेकी छन् । पत्रकारिताकी विद्यार्थी तथा बहुयामिक मिस नेपाल वल्र्ड प्रियंका आफूले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलब्धीको प्रमुख कारण स्तरीय शिक्षा नै मान्छिन् । प्रियंका भन्छिन् –सन् २०१२ देखि नै विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसिसड गर्न सहयोग गर्दै आएको यस कम्पनीसंग आवद्ध हुन पाउँदा निकै उत्साहित छुु ।’

ओएसिस र मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यसअघि पनि ओएसिसको ब्राण्ड एम्बेसडरको रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रीखंला खतिवडा रहेकी थिइन् ।

ओएसिसको हालसम्म नेपालमा काठमाडौं, चितवन, बुटवल र इटहरी शाखा रहेको छ भने अष्ट्रेलियाको सिड्नी र डर्विनमा गरी दुई वटा शाखा रहेको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी