मुल्यवृद्धि विरुद्ध अनेरास्ववियुद्धारा बुटवलमा प्रदर्शन

बुटवल । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्बिका विरुद्ध बुटवल बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भई टायर बाल्नुका साथै यातायातका साधनलाई समेत केही समय रोकेका थिए ।

प्रदर्शनमा अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जनताको अभिमतलाई कुच्चेर बनेको गठबन्धन सरकार जनता मारा सरकार भएकोले आन्दोलन गर्न बाध्य हुनुपरेको बताएका थिए । उनले मुल्य समायोजनका नाममा भ्रष्टचार र घुखघोरीलाई बढ्वा दिदै सरकारले एक पछि अर्काे गर्दै जनताको ढाड सेकिने गरी दैनिक जिवन यापनमा ठुलो मर्का पुर्याउने काम गरेको आरोप लगाएका थिए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु रुपन्देहीका जिल्ला उपाध्यक्ष भरत अर्यालले सरकारले जनतालाई अति नै ढाँड सेक्ने काम पटक पटक गरेको हुँदा अवको आन्दोलन निर्णायक बनाउने बताएका थिए । बिरोध कार्यक्रममा अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष गोबिन्द रिजाल, सचिव कृष्ण पान्डे लगाएतले बोलेका थिए ।

सरकारले हिजो साझदेखि मुल्य वृद्धि गरी पेट्रोलको नयाँ मुल्य प्रति लिटर १९९ र डिजेल तथा मट्टीतेलको प्रति लिटर १९२ बनाएको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी