देवदहमा जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिकाका नगरप्रमुख धुर्व खरेलले चुनाब जितेका जनप्रतिनिधीले राजनीतिक दलका नेताका रुपमा नभई जनताको सेवक बनेर काम गर्ने बताएका छन।
सोइया महिला स्वावलम्बी संस्थाले जनप्रतिनिधिसंग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले सबैले साथ दिए बाल विवाह , बाल श्रम जस्ता सामाजिक अपराध न्यूनीकरण गर्न सकिने बताए । उनले यो ५ बर्ष भित्र नगरपालिकालाई बाल मैत्री नगरपालिकाको रुपमा स्थापित गर्न संघ संस्थासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए।
नगर प्रमुख खरेलले देवदह नगरपालिकाका प्रतेकले स्वास्थ्य विमामा गर्न आग्रह गरे।

देवदह नगरपालिका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले बाल मैत्री नगरपालिका घोषणा गर्न ३९ वटा सुचकहरु मध्य केही पूरा भएको र केही पूरा हुने क्रममा रहेको सुनाईन । यश अघि पनि आफुहरुले बाल विवाह न्युनिकरण गर्न महत्वपुर्ण काम गरेको बताईन ।

त्यस्तै नगर शिक्षा अधिकृत पर्शुराम ढकालले अझैपनी केही विद्यालयले ऐन कानुन विपरीत विभिन्न शिर्षकमा शुल्क लिने गरेको बताउदै त्यस्लाई रोकिने बताए। केही विद्यालयले अङ्ग्रेजी माध्यम भने्र शुल्क उठाएको गुनासो आएको उनले बताए । विभिन्न शिर्षकमा लिने शुल्कलाई न्यूनीकरण गर्न पनि नगरपालिकाले बार्षिक स्कुल बस उपलब्ध भएका विद्यालयलाई ईन्धन खर्च दिईरहेको पनि जानकारी दिए ।

कार्यक्रममा जनप्रतिनिधी सहित नेपाल बाल संगठन जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई , नगर बाल सञ्जाल अध्यक्ष दिया न्यौपाने लगायत बालअधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी