पाल्पा जिल्ला समन्वय समिति गठनका लागि एमालेको स्पष्ट बहुमत

पाल्पा। पाल्पा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि पाल्पामा १० प्रमुख र १० उपप्रमुख छन् । १० स्थानीय तहहरुकाे नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणकाे लागि नेकपा एमालेकाे स्पस्ट बहुमत देखिएको हो । एमालेले १० स्थानीय तहमध्ये पाँच पालिकामा प्रमुख र उपप्रमुख हात पारेकाे छ भने थप एक पालिकामा प्रमुख जितेकाे छ ।

एमालेले निस्दी गाउँ पालिका,पुर्वखोला गाउपालिका,माथागडि गाउपालिका,रम्भा गाउपालिका र बगनासकाली गाउपालिका मा प्रमुख र उपप्रमुख जितेको छ भने तिनाउ गाउँ पालिका मा प्रमुख मात्रै जितेको छ ।
जिल्ला समन्वय समितिका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु