अराजक बन्दै चुनावी र्याली, गैरजिम्मेवार उम्मेदवार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) बुटवल उपमहानगरपालिका वार्ड न:-2 ले चुनावी र्याली गरेको छ ।र्यालीमा भाडाका मान्छे र मोटरसाइकलले जुलुस गर्दा अराजक गतिविधि मा संग्लन भएको पाईएको छ । यसैक्रममा मिती 2079 बैशाख 27 गते अपरान्ह 5 बजेतिर को र्यालीमा बुटवल उपमहानगरपालिका वार्ड नं. 2 फुलबारी नजिकै लु 53 प 117 नम्बरको मोटरसाइकलले कमला पाण्डेको घर अगाडी रोकी राखेको मोटरसाइकललाई ठक्कर दिई क्षति पुराई भागेको छ ।

मोटरसाइकलमा क्षति पुराई भागेको कुरा समाजबादी पार्टीको वडा अध्यक्षका उम्मेदवार सुनिल शाक्यलाई जानकारी गराउदा जानेको गर्नु भन्ने खाल जवाफ दिएको पिडितको आरोप छ । चर्को स्वरमा हर्न तथा साउण्ड बजाउदै र्याली गर्नु निर्वाचन आचारसंहिता बिपरितको काम हो । युवा उम्मेदवारको यस्तो खालको अराजक शैलीबाट प्राप्त हुने जनप्रतिनिधि बाट के अपेक्षा राख्ने प्रश्न चिन्ह खडा भएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु