सुकुम्वासी पाण्डेको तिलोत्तमामा २ करोडको जग्गा

बुटवल, बुटवल उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार खेलराज पाण्डेयले भोट माग्ने एउटा नारा आफुलाई गरीव, विपन्न र सुकुम्वासी हो । उनले जतिवेला पनि आफूलाई सुकुम्वासी नेता बताउने गर्छन् । आफ्नो घरघडेरी र कुनै सम्पत्ती नरहेको दावी गर्दै जीवनभर राजनीति गर्दा व्यक्तिगत सम्पत्ति जोड्न नपाएको भन्दै मतदातालाई आफ्नो प्रभावमा पार्ने कोशिस गरिरहेका छन् । कांग्रेस कार्यकर्ताहरुले समेत उनको भ्रम तल्लो तहका मतदातासम्म पुर्याएका छन् । आफूलाई गरीब, बिपन्न र जग्गाजमिन विहीन बताउने पाण्डेको यथार्थता त्यस्तो छैन । पाण्डेय करोडौं रुपैया पर्ने जग्गाका मालिक भएको तथ्य फेला परेको छ । उनको नाममा तिलोत्तमा नगरपालिका वडा नं.६ मा पर्ने साविक आनन्दवन गाविस १ (ख) मा जग्गा छ । उनले २ कठ्ठा सबा ३ धुर जग्गा बाबुको नामबाट बकसपत्र लिएका हुन् । बाबु लिलाबल्लऊ पाण्डेले २०६८ साउनमा बकसमार्फत उक्त जग्गा लिएको प्रमाण मालपोत कार्यालयमा छ । उक्त जग्गाको मूल्य अहिले करिब २ करोड रुपैया पर्ने स्थानीयले बताए । सो ठाउँमा पाण्डेयका बाबुको नाममा १० कठ्ठा जग्गा छ । उक्त जग्गाबाट २ कठ्ठा सबा ३ धुर जग्गा छोराको नाममा वकस दिएपछि सो जग्गालाई खेलराजले सगरमाथा बहुउद्देश्य सहकारी संस्थामा रोक्का राखेका छन् । २०७७ मंसिर ८ गते उक्त जग्गा सहकारीबाट रोक्का गरिएको हो । उनका निकटतम ब्यक्तिका अनुसार पाण्डेले चितवनमा एक विगाहा जग्गासमेत खरिद गरेका छन् ।

लालपुर्जामा नदेखिएकाले फिचरमा तस्वीर सम्पादन गरि राखिएको छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु