सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुद्वारा ९१ सदस्यीय कक्षा कमिटी गठन

प्रदिप ज्ञवाली, सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अनेरास्ववियुले आफ्नो कमिटी बिस्तार कार्यलाइ तिब्रता दिएको छ ।
अबको समय महिलाहरु हर ठाउँमा नेतृत्व तहमा पुग्नु पर्ने र त्यसका लागि क्याम्पस तहबाटै आफ्ना अधिकार प्राप्तिको लडाइ सुरु गर्नु पर्ने त्यसका लागि बलियो सइ्गठन अनेरास्ववियु रहेको कार्यक्रमको प्रमुख अतिथि सङ्गठनको केन्द्रीय सदस्य सीता घिमिरेले बताउनुभयो ।
बिबिएस तथा बिएड प्रथम बर्षमा भर्ना भएर आएका बिद्यार्थीहर लाइ सङ्गठित गर्दै अगाडी लैजादै विद्यार्थीहरुको ब्यक्तित्व बिकास गराउन सङ्गठनले महत्वपुर्ण भुमिका खेल्ने क्याम्पस कमिटी सचिव धनऋषि शर्माले बताउनुभयो ।

विविएस र बिएड तर्फ गरि कुल ९१ सदस्यीय कक्षा कमिटी गठन भएको छ।
जस अन्तरगत बिबिएस तर्फ पुजा पुन अध्यक्षमा चयन हुनुभएको छ भने बिएड तर्फ अपेक्षा तिमिल्सिना अध्यक्ष पदमा चयन हुनुभएको छ । उहाँहरु कै नेतृत्वमा सो कमिटी गठन भएको हो ।

सङ्गठन बिस्तार कार्यक्रम संगठनका क्याम्पस कमिटी उपाध्यक्ष शिव न्यौपानेको अध्यक्षता,संगठनका केन्द्रिय सदस्य सिमा घिमिरेको प्रमुख आतिथ्यता,साथै अनेरास्ववियुका नेताहरु सुमित सापकोटा ,सौगात पाण्डे ,धनऋषि शर्मा,बिमल न्यौपाने ,रेखा भट्टराई ,सारदा चालीसे लगायत अनेरास्ववियुका क्याम्पस कमिटीका नेताहरुको उपस्थितमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

विवाहको कानूनी उमेर घटाउने प्रस्तावप्रति असहमति, रुपन्देहीका संघसंस्थाको सरकारलाई ध्यानाकर्षण

यातायात व्यवसायी र स्थानीयबीच ७ बुँदे सहमति : भलुहीबाट दैनिक ६ वटा बस संचालन हुने

रुपन्देही उद्योग संघमा उर्जाको खपत र अनुदान सहयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

रिब्दिकोट पाल्पा काठमाडौ सम्पर्क मञ्चले इण्डाेर कृकेट प्रतिगाेगिता गर्ने

जाडोले कठाँग्रिएर रुपन्देहीमा एक युवकको मृत्यु

देवदह महोत्सवको तयारी तिव्र : १० करोडको कारोबार र ६ लाख दर्शकको लक्ष्य

लुम्बिनी प्रादेशिक अस्पतालमा अब छुट्टै प्रसूति शल्यक्रिया कक्ष

विपिन सकुशल घर फर्किने आशामा परिवार