यही व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छाैँ : रास्वपा सभापति लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउनुभएको छ ।

आज बुधवार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले वर्तमान विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउँदै शासकीय स्वरूपमा केही कमजोरी रहेको उल्लेख गर्नुभयाे । उहाँले शासकीय स्वरूपमा भएका कमजोरीलाई चुनावबाट मात्रै परिवर्तन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नीति विचारका बारेमा हामीले दस्तावेजीकरणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपि शासकीय स्वरूपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको चुनाव मात्रै हो । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’

सभापति लामिछानेले मधेसलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको दाबी पनि गर्नुभयाे ।

सम्बन्धित खवर

देवदह महोत्सव सम्पन्न ; १० करोड बढिको कारोबार

देवदह महोत्सवमा पञ्चेवाजा प्रतियोगिता : नव दुर्गा मगर पञ्चेवाजा समुह प्रथम

आजदेखि बुटवल उपमहानगर भित्रका किशोरीहरुलाई क्यान्सर विरुद्धको खोप लगाइदै

प्रविधीयुक्त शिक्षामा जोड: प्रदेश सभा सदस्य रज्जाक

नवौं राष्ट्रिय देवदह महोत्सव: कृति पौडेल सिङगिङ्ग आईडल र गित आले डान्सिङ्ग आईडल विजेता

देवदह माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

नमुना एभरग्रीनमा सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रदेश सरकार नागरिकको दैनिक जीवन संग जोडिएकाे छ: मुख्यमन्त्री आचार्य