सुकुम्बासीका लागि विकल्प सहित समाधान खोजिने छ : शहरी मन्त्री चौधरी

काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्प सहित समाधान खोजिने बताएका छन्।

सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले आश्वस्त पार्दै भने, ‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सि त हल गर्नै पर्छ। हामी विकल्प खोज्दै छौँ। म पनि किसानको छोरा हुँ। सुकुम्बासीका समस्या बुझेको छु। तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु। तपाईंहरु पनि सरकारको कानुन मानेर अगाडि बढ्नुस्।’

सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनुपरेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्री समक्ष आग्रह गरेको थियो। मन्त्री चौधरीले सानो परिवारका लागि अपार्टमेन्टको व्यवस्था, ठुला परिवारको लागि ठाँउको खोजि गरि घर बनाउन सुरु गर्ने बताए। व्यवस्था नहुन्जेलसम्मका लागि उनीहरुको घर भाडा सरकारले तिरिदिने पनि मन्त्री चौधरीको भनाइ थियो।

सम्बन्धित खवर

विवाहको कानूनी उमेर घटाउने प्रस्तावप्रति असहमति, रुपन्देहीका संघसंस्थाको सरकारलाई ध्यानाकर्षण

यातायात व्यवसायी र स्थानीयबीच ७ बुँदे सहमति : भलुहीबाट दैनिक ६ वटा बस संचालन हुने

रुपन्देही उद्योग संघमा उर्जाको खपत र अनुदान सहयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

रिब्दिकोट पाल्पा काठमाडौ सम्पर्क मञ्चले इण्डाेर कृकेट प्रतिगाेगिता गर्ने

जाडोले कठाँग्रिएर रुपन्देहीमा एक युवकको मृत्यु

देवदह महोत्सवको तयारी तिव्र : १० करोडको कारोबार र ६ लाख दर्शकको लक्ष्य

लुम्बिनी प्रादेशिक अस्पतालमा अब छुट्टै प्रसूति शल्यक्रिया कक्ष

विपिन सकुशल घर फर्किने आशामा परिवार