राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको जिल्ला सचिवालय तथा विस्तारित बैठक सम्पन्न

रुपन्देही  // राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको जिल्ला सचिवालय तथा विस्तारित बैठक सम्पन्न भएको छ। बैठक सुख्खानगर स्थित नेकपा एमालेको पार्टी कार्यालय पुष्पलाल स्मृति भवनमा भएको थियो।

बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष सुमन पुरीले नेकपा एमालेले मात्र देशमा समृद्ध ल्याउन सक्ने हुदा एमालेका उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताएका थिए। चुनावी अभियानमा सक्रिय बन्दै पार्टीको उदेश्य अनुरुप रुपन्देहको हितका निम्ति जनवर्गीय संगठनलाई चलायमान बनाइ संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए।

सोही अवसरमा बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला सदस्य एवम् युवा इन्चार्ज नकुल शाही ठकुरीले जिल्लामा पार्टीको चुनावी अभियानलाई तीव्रता दिने गरी अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए। साथै बैठकले पार्टीसंग समन्वय गरि यहि कार्तिक ५ गते भित्र ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन क्षेत्रीय समन्वय कमिटी गठन गर्ने निर्णय समेत गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य कृष्ण कुमालले जानकारी दिनुभएको थियो।

बैठक राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष मनोज गौचनको अध्यक्षता जिल्ला सह-संयोजक विकास बस्नेतको स्वागत र जिल्ला सह- संयोजक विकास गहतराजको सञ्चालनमा भएको थियो।

सम्बन्धित खवर

विवाहको कानूनी उमेर घटाउने प्रस्तावप्रति असहमति, रुपन्देहीका संघसंस्थाको सरकारलाई ध्यानाकर्षण

यातायात व्यवसायी र स्थानीयबीच ७ बुँदे सहमति : भलुहीबाट दैनिक ६ वटा बस संचालन हुने

रुपन्देही उद्योग संघमा उर्जाको खपत र अनुदान सहयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

रिब्दिकोट पाल्पा काठमाडौ सम्पर्क मञ्चले इण्डाेर कृकेट प्रतिगाेगिता गर्ने

जाडोले कठाँग्रिएर रुपन्देहीमा एक युवकको मृत्यु

देवदह महोत्सवको तयारी तिव्र : १० करोडको कारोबार र ६ लाख दर्शकको लक्ष्य

लुम्बिनी प्रादेशिक अस्पतालमा अब छुट्टै प्रसूति शल्यक्रिया कक्ष

विपिन सकुशल घर फर्किने आशामा परिवार