'वायुसेवा कम्पनीहरुले सम्पूर्ण उडान स्थगन गर्ने चेतावनी ( विज्ञप्ति सहित )'

४ वर्ष अगाडि

 

काठमाडौँ । वायुसेवा संचालक संघले राति ८ बजेपछि आन्तरिक उडान हुन नसक्ने भन्दै विज्ञप्ति जारी गरेका छन । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ समयावधि बढाएर १८ घण्टा पुऱ्याउन भन्दै वायुसेवा कम्पनीहरुलाई पत्र पठाएको थियो । संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सलाई राति ८ बजेपछि पनि उडानको व्यवस्था मिलाउन प्राधिकरणले पत्र पठाएको थियो ।

वायुसेवा कम्पनीहरूले प्राविधिक तयारी नभएकाले ८ बजेपछि उडानहरु गर्न सक्ने अवस्था नरहेको संघले जनाएको छ । ‘प्राधिकरणले बुधबार जारी गरेको स्लटसम्बन्धी नयाँ व्यवस्था अनुरुपको तालिका संलग्न गर्न सदस्य वायुसेवा कम्पनीहरुले नसक्ने ब्यहोराको जानकारी नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराउँदै वैशाख ३ कै स्लट सम्बन्धी व्यवस्था हाललाई लागू गर्न अनुरोध छ’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त अनुसारको उडान अनुमति प्राप्त नभएमा संघका सदस्य वायुसेवा कम्पनीहरुले सम्पूर्ण उडान स्थगन गर्ने चेतावनी दिएका छन् । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न प्राधिकरणले निर्देशन दिएको थियो । प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ ।

विज्ञप्ति सहित तल हेर्नुहास ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित