'गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजको सफल अवतरण'

४ वर्ष अगाडि

भैरहवा । व्यवसायिक उडानको तयारीका क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० पुगेको छ ।

दिउँसो तीन बजे उड्ने भनेको जहाज अबेर गरी उडेको हो । जहाज ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलको धावनमार्गमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाज केहीबेर धावनमार्गमा रोकिएको थियो ।

सो परीक्षण उडानमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकका अनुसार काठमाडौंको त्रिभुवन विमानस्थलबाट गएको जहाज अवतरण गरिसकेपछि जहाज मोड्ने बेला जहाज केही परसम्म पुगिसकेका कारण आवश्यक मोड पुगेन । यो उडान परीक्षणका रुपमा गरिएकाले पाइलटले भेउ नपाएको हुन सक्छ ।
त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार भएको यो विमानस्थलमा काठमाडौंकै क्षमतामा जहाजहरु उडान तथा अवतरण गर्न सकिन्छ ।

गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ । यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी