'जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय'

४ वर्ष अगाडि

काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्‍म बढाइएको छ ।

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी विहान ९ः३० साँझ ५ः३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

हेर्नुहोस् वैशाख १३ गतेको मन्त्रिपरिषदको निर्णयहरु

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित