'मतपत्र ढुवानी र मतपेटिकाको सुरक्षा नेपाली सेनाले गर्छ : आयोग'

४ वर्ष अगाडि

काठमाडौँ । निर्वाचन आयोगले मतपत्र ढुवानीको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिइएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्रको ढुवानी संवेदनशील भएकाले सेनालाई जिम्मा दिइएको बताए ।


स्थानीय तह निर्वाचनको सन्दर्भमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले अन्य निर्वाचन सामग्रीको सुरक्षा भने प्रहरीले गर्ने बताए । ‘मतपत्रसँग नेपाली सेना नै ब्याकअप गरिराखेको हुन्छ,’ उनले भने । मतपत्र वैशाख १५ पछि मतदान केन्द्रमा पुग्ने गरी पठाइने पनि उनले बताए । स्थलमार्गबाट मतपत्र पठाउन सम्भव नभएका जिल्लामा हेलिकोप्टरबाट मतपत्र पठाइने तयारी भइरहेको पनि आयोगले जानकारी दिएको छ ।

निर्वाचनका अन्य सामग्री ढुवानीका लागि आयोगले गृह मन्त्रालयलाई पत्र पठाइएको र आवश्यक समन्वय गरी प्रहरीले सुरक्षा प्रदान गर्ने उनले जानकारी दिए । निर्वाचन सामग्री ढुवानीलाई जिपिएसको माध्यमबाट अनुगमन आयोगले गरिरहेको पनि प्रवक्ता पौडेलले बताए । उनले भने, ‘निर्वाचन सामग्री ढुवानीमा आयोगको तर्फबाट एक कर्मचारी जानुहुन्छ । कर्मचारीको मोबाइलमा जीपीएस ट्र्याकिङ सिस्टम हुन्छ राखिएको हुन्छ । सामान कहाँ पुग्यो, पुग्नुपर्ने ठाउँमा पुग्यो कि पुगेन भन्ने ट्र्याकिङ आयोगबाट गरिएको हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री