'माधव नेपाल अझै पनि एमाले नै देखेर ठूलो भाग खोज्नुहुन्छ : प्रचण्ड'

४ वर्ष अगाडि

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भाँडिन लागेको संकेत गरेका छन् । काठमाडौंमा बसेको केन्द्रीय कार्यालय बैठकमा ब्रिफिङका क्रममा प्रचण्डले यस्तो संकेत गरेका हुन्।

चुनावी तालमेल सकसपूर्ण भएपछि प्रचण्डले अब माओवादी एक्लै चुनाव लड्न तयार हुनु पर्नेसमेत बताए । उनले एकीकृत समाजवादीका कारण गठबन्धनमा भागबण्डा मिल्न नसकेको संकेत गरे ।

नेकपा एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि माधव नेपालले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेको प्रचण्डले बताए। माधव नेपालमा अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको प्रचण्डले बताए ।

‘माधवजीले अलिक बढी मागिहाल्नुहुन्छ। उहाँ आफूलाई अझै पनि एमाले नै देख्नुहुन्छ, प्रचण्डले अगाडि भने, नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भएर भन्दा पनि उहाँले आफूलाई एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।’

पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ।
कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्। जनता समाजवादीले बाँकेमा गठबन्धन छाडेर एकल उम्मेदवारी घोषणा गरिसकेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

जेनजी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना धनकुटाबाट पक्राउ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

सेयर बजार घट्ने क्रम रोकियो