' वडा नं ५ लाई ८ बिकेटले पराजित गर्दै वडा नं १० फाईनलमा'

४ वर्ष अगाडि

देवदह– देवदह क्रीकेट खेल मैदानमा जारी नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगितामा वडा नं १० फाईनलमा प्रबेश गरेको छ । शनिबार भएकोे सेमिफाइनल खेलमा वडा नं ५ लाई ८ बिकेटले पराजित गर्दै वडा नं १० फाईनल पुग्न सफल भएको हो ।

टस जितेर वडा नं १० ले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ५ ले निर्धारित २० ओभर खेल्दै ८ बिकेटको क्ष्यतिमा १ सय २२ रन बनाउन सफल भएक थियो । वडा नं ५ का लागि कमल चापागाईंले ४३ रन र सनम गुरुङले १५ रन हानेका थिए । बलिङ तर्फ वडा नं १० का बिबस खातिले ४ ओभरमा १९ रन दिदै ३ विकेट लिन सफल भएका थिए ।

१ सय २२ रनको लक्ष्य लिएर मैदान आएको वडा नं १० ले उक्त रन पूरा गर्दै ८ विकेटले जित निकाल्न सफल भएको थियो । उक्त म्याचमा विवस खातिले ५६ रन र सुबास खड्काले १९ रन हानेका थिए । खेलमा बिबस खाति म्यान अफ दि म्याच घोसित भएका थिए ।

यसै गरि प्रतियोगिताको अर्को सेमीफाईनल खेल भोली दिउँसो २:०० बजे वडा नं ७ र वडा नं १ बिच हुने देवदह क्रीकेट युनिटका अध्यक्ष अजय थापा मगरले जानकारि दिए । प्रतियोगितामा प्रथम हुनेले २५ हजार र ट्रफी , द्वितीय हुनेले १० हजार र ट्रफी र तृतीय हुनेले ५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा बेस्ट ब्याट्सम्यानले नगद २ हजार ५ सय र ट्रफी, बेस्ट बोलरले नगद २ हजार ५ सय र ट्रफी र ईमर्जिङ्ग पेलेरले नगद रु २ हजार ५ सय र ट्रफी प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत