'उप मेयर कप क्रीकेट क्वाटर फाइनल खेलमा वडा नं १० र १ विजयी'

४ वर्ष अगाडि

देवदह //देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को पहिलो क्वाटर फाइनल खेल वडा नं १० र वडा नं ११ बिच सम्पन्न भएको छ।

पहिलो क्वाटर फाइनल खेलमा वडा नं ११ लाई ८ विकेटले पराजित गर्दै वडा नं १० बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको खेलमा वडा नं १० ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ११ ले निर्धारित २० ओभरको खेलमा अल आउट हुँदै ६९ रन बनाउन सफल भएको थियो । ६९ रनको लक्ष्य लिएर मैदान आएको वडा नं १० ले ८ विकेटले जित निकाल्न सफल भएको थियो । उक्त खेलमा अभिषेक राना म्यान अफ दि म्याच घोसित भएका थिए । उनेले ४ ओभरमा ९ रन दिदै ४ विकेट लिन सफल भएका थिए ।

त्यस्तै क्वाटर फाइनलको दोस्रो खेल वडा नं १ र वडा नं ९ विच भएको थियो । पहिले ब्याटिङ गरेको वडा नं १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको थियो । १४५ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ९ ले ८४ रन बनाई अल आउट भएको थियो । उक्त खेलमा अर्बर शहा म्यान अफ दि म्याछ घोषित भएका थिए । उनले ४ ओभरमा १८ रन दिदै ४ विकेट लिन सफल भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

जेनजी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना धनकुटाबाट पक्राउ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

सेयर बजार घट्ने क्रम रोकियो