'राम नवमी मेलाको अवसरमा उज्यालोमा नि:शुल्क स्वस्थ्य शिविर'

४ वर्ष अगाडि

देवदह //उज्यालो लाल्टिन प्रतिष्ठान को आयोजना, देवदह न.पा. वडा नं. ४ को सह-आयोजना तथा खैरेनि पोलिक्लिनिक देवदह को प्राविधिक सहयोगमा देवदह-४ भवानिपुर स्थित रामनवमि मेला स्थलमा गरिएको “निःशुल्क स्वास्थ्य शिविर तथा एम्बुलेन्स सेवा” र “निःशुल्क चिसो पानि वितरण” कार्यक्रम सम्पन्न भएको छ।

शिविरमा १६१ जना रुपन्देही जिल्ला भरका स्थानियले ‘ब्लड प्रेसर, मधुमेह र जनरल फिजिसियन को औषधि सहितको निःशुल्क स्वास्थ्य सेवा लिनु भएको छ।

कार्यक्रममा देवदह नगरपालिका वडा न ४ का अध्यक्ष दिपक चापागाईले कार्यक्रममा बोल्दै उज्यालोले गर्दै आएको उल्लेखनिय कार्यको चर्चा गर्दै आगामी दिनमा आफू र आफू रहेको सस्थाबाट सहयोग हुने प्रतिवद्द्ता ब्यक्त गर्नु भएको थियो । सोही कार्यक्रममा खैरेनी पोलिक्लिनिकका सन्चालक मधु भन्डारिले बोल्दै यो सहकार्य उज्यालो ले गर्न दिएकोमा धन्यवाद दिदै आगामी दिनमा उज्यालो को सिफारिसमा हुन सक्ने सम्म सहयोग गर्ने र सहकार्यगर्दै अगाडि बड्ने कुरा व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका सदस्य मुकेश ज्ञवाली को संचालन र कार्यक्रम संयोजक गणेश पाण्डेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री