'देवदह नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु'

४ वर्ष अगाडि

सुरज भट्टराई , देवदह। नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको  नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो।

देवदह क्रीकेट युनिटको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर उप प्रमुख गुरुङले नेपालमा पछिल्लो समय क्रीकेटको क्रेज बढेको र देवदह नगरपालिकाले पनि यो खेलमैदानलाई रंगशाला बनाउन भनेर अघि बढेको बताउनुभयो । अहिलेलाई २ ओटा कोठा सहितको ड्रेसिङ्ग रुम निर्माण भएको र यसलाई स्टडियमको रुपमा बिकास गर्ने प्रतिवद्द्ता व्यक्त गर्नु भएको थियो । उहाले खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा सदस्य धुर्व खरेल , सामाजिक व्यक्तित्व सुरज खरेल, देवदह क्रीकेट युनिटका पुर्व अध्यक्ष रबि रेग्मी, स्मृति सामुदायिक वनको अध्यक्ष भरत गुरुङ, सामाजिक व्यक्तित्व विक्ष्नु वाग्ले लागएतले बोल्दै खेल संग युवालाइ जोड्न आजको आवश्यकता रहेको बताउनुभएको थियो।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार , द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा बेस्ट ब्याट्सम्यानले नगद २ हजार ५ सय र ट्रफी, बेस्ट बोलरले नगद २ हजार ५ सय र ट्रफी र ईमर्जिङ्ग पेलेरले नगद रु २ हजार ५ सय र ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आजको पहिलो खेल वडा नं १० र वडा नं ६ बिच हुदैछ । त्यसै दोश्रो खेल साझ ३ बजे वडा नं १ र वडा नं २ बिच हुने आयोजक संस्थाको अध्यक्ष अजय थापा मगरले जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो