'गठबन्धनको कारण तत्काल उम्मेदवारको टुंगो नलगाउन कांग्रेसको सर्कुलर'

४ वर्ष अगाडि

काठमाडौँ — सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको छ । केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथासक्य उम्मेदवारको टुंगो लगाउन सर्कुलर गरेको थियो । तर, सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेपछि तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरिएको हो ।

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ । विधानअनुसार कांग्रेसले मनोनयन गर्नुभन्दा एक महिना अगावै उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने थियो । तर, यसअघि वैशाख १ गतेसम्ममा उम्मेदवारको टुंगो लगाइसक्न निर्देशन गरेपनि फेरि तत्काल त्यो प्रक्रियालाई स्थगित गर्न निर्देशन गरेको हो ।

विधानअनुसार वडाअध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुंगो लगाउने व्यवस्था छ । त्यसका लागि सम्बन्धित तहको कार्यसमितिले हरेक पदमा सर्वसम्मत नभए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने र माथिल्लो तहले टुंगो लगाउने व्यवस्था छ ।

केन्द्रले टेलिफोनमा तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको एक जिल्ला सभापतिले बताए । ‘हामीले वडादेखि क्रमशः उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाएका छौँ, कहाँ कसको उम्मेदवारी प्रभावकारी हुन्छ भनेर छलफल भइरहेको छ, तर अहिले नै नाम नटुंग्याउन केन्द्रको निर्देशन छ,’ ती जिल्ला सभापतिले भने ।

सत्ता गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गठबन्धनका साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग स्थानीय आवश्यकताअनुसार तालमेल गरेर चुनावमा भाग लिने तयारीमा छ ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो