'कपिलवस्तु अस्पताल बन्यो लुम्बिनी प्रदेशकै उत्कृष्ट'

४ वर्ष अगाडि

कपिलवस्तु । कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकन फ्लोअप तथा समिक्षामा लुम्बिनी प्रदेश मै उत्कृष्ट बनेको छ । सो अस्पताल कूल ८७ अंक प्राप्त गरि प्रदेश मै पहिलो भएको हो ।

लुम्बिनी प्रदेश अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन फ्लोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रतिनिधि तथा बर्दिया अस्पतालका मेसु सुवाश पाण्डेयले सो कुरा सार्वजनिक गरेका हुन् । अस्पतालमा कन्सलटेन्सी डाक्टरको उपलब्धता, अक्सिजन प्लान्ट, डिजिटल नागरिक वडा पत्र सेवाको सन्तुष्टि लगायतका क्षेत्रमा राम्रो भएको उनको भनाई छ । सोही अवधिमा बर्दिया अस्पतालले भने ८६ अंकसहित दोश्रो भएको उनले बताए ।

अस्पताल प्रदेश मै उत्कृष्ठ भएकोमा बधाई दिँदै अस्पतालमा भएको राम्रा काम र सेवाहरुको प्रचार गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए। अस्पतालमा आईसियु, अक्सिजन प्लान्ट जडान र पिसिआर मेशिनसमेत हुनु निकै सकारात्मक कुरो भएको प्रजिअ पाण्डेले बताए । कार्यक्रममा कपिलवस्तु अस्पतालका मेसु किशोर बञ्जाडेले सबैको अथक प्रयास पछि अस्पताल प्रदेश मै पहिलो बन्न सफल भएको भन्दै खुशी ब्यक्त गरे । अस्पतालमा रहेका सेवा सुविधा र प्रगति विवरण सार्वजनिक गर्दै बजेट अभावले कर्मचारी ब्यवस्थापनमा भने समस्या आएको उनले जनाए । सो अवसरमा राम्रो काम गरेको भन्दै अस्पतालकी अनमी सुकमाया थापालाई नगद १० हजार र प्रशंसा पत्रले सम्मानित गरिएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी