'श्री सुसंंस्कृत माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न'

४ वर्ष अगाडि

भैरहवा // सिद्धार्थनगर–१३ शान्तिनगरस्थित श्री सुसंंस्कृत माध्यमिक विद्यालयमा मंगलबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्माइल फाउण्डेशन–नेपाल मर्चवारी–४, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिका १३ नम्बर वडा कार्यालयको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सतिस प्रसाद मर्सानीले कार्यक्रममा बोल्दै जनतालाई स्वास्थ एवम् निरोगी बनाउन उक्त शिविरले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।उहाले भौतिक बिकासले मात्रै वडा सप्पन्न नहुने हुदा नागरिकको जिवनको महत्त्वपूर्ण धन स्वास्थ्य भएको बताउनु भयो ।

स्माइल फाउण्डेशन–नेपाल का अध्यक्ष अमरिश यादवले महिलामा हुने साधारण तथा गम्भिर प्रकृतिका रोग तथा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरुको परीक्षण तथा उपचार गर्ने उद्देश्यले शिविर गरेको बताउनुभयो।

शिविरमा विशेषज्ञ चिकित्सक डा. मञ्जली कुुमारी यादव, डा. अस्मिता अधिकारी, र डा. शिप्रा पाण्डेयले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । उक्त शिवरमा करिव २७० जनाले सेवा लिएको स्थानिय भिम भण्डारीले जानकारी दिएका थिए । शिविर वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्रीको विशिष्ट आतिथ्यता, नगर कार्यपालिका सदस्य शिव श्रेष्ठ, वडा सदस्यहरु केदारमान राजभण्डारी, विष्णुमाया बुढाप्रिती, श्री सुसंस्कृत मा.वि.का प्राचार्य रविन्द्र यादव, वडा नम्बर १३ का सचिव मेग प्रसाद गुरुङ, लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित