'देवदह – ४ को वडा कार्यालय भवन उद्घाटन'

४ वर्ष अगाडि

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ ले आफ्नै भवनबाट कार्यालयको काम गर्न थालेको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले आज उक्त भवनको उद्धाटन गर्दै सङ्घीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए ।   जनताको काममा विशेष ध्यान दिन जनप्रतिनिधिलाई उहाँको आग्रह छ। यसअघि उक्त वडा कार्यालय देवदह नगरपालिकासंग सटेको भवनबाट सञ्चालन हुँदै आएको थियो। वडा नम्बर ४ का वडाध्यक्ष दिपक चापागाईंले वडा कार्यालय निर्माणपछि सेवाग्राहीलाई सहज भएको बताउनुभयो।                

कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने संघ संस्था , उध्यमी, मेलमिलाप कर्ता,खेलाडी आमा समूह, विद्यालय आदिलाई सम्मान गरिएको छ । कार्यक्रममा लुम्बिनी  प्रदेश सभा सदस्य  डा. कृष्ण न्यौपाने , देवदह नगरपालिकाको नगर प्रमुख हिरा केसी, देवदह नगरपालिकाको नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङ , देवदह नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेलबासे, विभिन्न वडाका वडा अध्यक्षहरु , जनप्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरु र स्थानीयको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रम देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंको अध्यक्षता , देवदह नगरपालिकाको कार्यपालिका सदस्य तथा वडा सदस्य शान्ता भट्टराईको स्वागत र वडा सचिब बिष्णु पोखरेलको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो