'कपिलवस्तुको सीमा नाका आजदेखि २ दिनको लागि बन्द'

४ वर्ष अगाडि

कपिलवस्तु । कपिलवस्तुको सिमा नाका २ दिनका लागी बन्द हुने भएको छ ।

भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने बिधानसभा निर्वाचनका लाागि नेपालसँग जोडिएको कपिलबस्तु सीमा नाका २ दिनको बन्द गर्ने निर्णय गरिएको छ। कपिलबस्तुसँग जोडिएको सीमा नाका कृष्णनगर,मार्यादपुर चाकलचौडा सहित भारतले आजदेखि फागुन १९ गतेसम्म सीमानाका बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ।

निर्वाचन ४८ घण्टा पूर्व आज बेलुकी ६ बजे पछि सुरक्षाका लागि नेपाल आवतजावत गर्न बन्द गरेको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बताए । दाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिने सक्नेछन् ,निर्वाचन अवधिमा ईमरर्जैन्सी मेडिकलका लागि जानु परेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुबै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश