'म्यादी प्रहरीको कार्यावधि घट्ने, कति हुन्छ तलब ?'

४ वर्ष अगाडि

काठमाडौं । २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ ।

तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ । म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था छ । एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइन्छ ।प्रहरी प्रधान कार्यालयका अनुसार, यसमा बजेट र निर्वाचन अवधिलाई मुख्य कारण देखाइएको छ । निर्वाचन आउन ७५ दिन बाँकी छ । सो अगावै म्यादी प्रहरीलाई हप्तादेखि दस दिनको तालिम दिइसक्नुपर्ने हुन्छ । विगतमा दुई महिनाको तलब सुविधासहित म्यादीलाई बिदाइ गरिन्थ्यो । तर, यसपटक एक महिना १० दिनभित्र बिदाइ गर्ने तयारी भएको नेपाल प्रहरीको निर्वाचन सुरक्षा कार्ययोजनामा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो