'कर्णाली प्रदेश सरकारले पायो पूर्णता, थपिए ५ मन्त्री'

४ वर्ष अगाडि

सुर्खेत— कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री जीवनबहादुर शाहीले ५ मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा हिमबहादुर शाही, नेकपा माओवादीबाट जलश्रोत तथा ऊर्जा विकास मन्त्रीमा गणेश प्रसाद सिंह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा छिरिङ डम्डोल लामा (कार्चेन) र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा पदम रोकायले सपथ लिएका छन् ।

लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय नेतृत्वले विवाद समाधान गरेका हुन्।

मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री