'खाँचीकोटको चुनढुंगा उत्खननमा रोक'

४ वर्ष अगाडि

अर्घाखाँची। भुगर्भ सिमेन्ट उद्योगले उत्खन्न गर्दै आएको चुनढुंगा उत्खननमा रोक लगाइएको छ ।
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले बुधबारदेखि सन्धिखर्क नगरपालिका- ७ को चुनढुंगा उत्खननमा रोक लगाएको हो ।
चुनढुंगा उत्खनन् गर्दा सामाजिक, आर्थिक, पर्यावरण र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको, अर्घाखाँचीमा ठोस उपलब्धि प्राप्त हुन नसकेको, मनपरी प्रकृतिको चरम दोहन गरिएको जनगुनासो आएपछी चुनढुंगा उत्खन्न तथा ढुवानी कार्य रोक्नुपरेको नेकपाका सन्धिखर्क नगर ईन्चार्ज नविन खड्काले बताए । आफ्नो पार्टिले बन्द गराएको चुनढुंगा खानी पुन : संचालन गरिए ठूलो मुल्य चुकाउनु पर्ने खड्काले चेतावनी समेत दिए ।
चुनढुंगा उत्खनन् तथा ढुवानीले खानि क्षेत्र आसपासका सर्वसाधारण नागरिक, विद्यालयमा अध्ययनरत विद्यार्थी प्रभावित भएको नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी खेम घर्तीले बताए। कैयौंपटक ध्यानाकर्षण गराउदा पनि स्थानिय सरकारले समस्या समाधान गर्न चासो नदिएपछि पार्टिले चुनढुंगा खानि बन्द गर्नुपरेको उनले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो