'संविधानको रक्षक बन्ने नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुको प्रतिबद्धता'

४ वर्ष अगाडि

बुुटवल। लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेद्वारलाई विहिबार बुटवलमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै विजयी राष्ट्रियसभाका सदस्यहरुले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरी मानेर काम गर्ने प्रतिबद्धता जनाएका हुन ।
नेकपा एकिकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरैले जनता र संविधान रक्षामा लाग्ने बताईन । उनले गठबन्धनका उम्मेद्वारको विजयले प्रतिगमनकारी र दम्भीहरु पराजित भएको बताईन । उनले केपि ओली नेतृत्वको एमाले बलियो भएको भनिएको लुम्बिनीको राष्ट्रियसभाबाट पछार्न सफल भएको बताईन ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी भएका तुलप्रसाद विश्वकर्माले संविधान, संसद, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने प्रतिगमनकारी शक्तिलाई राष्ट्रियसभाको निर्वाचनले परास्त गरेको बताए । उनले देश र जनताका समस्याहरुलाई निकास दिन राष्ट्रियसभा सदस्यको हिसाबले पूरा गर्ने प्रतिबद्धता जनए। उनले गठबन्धनबाट विजयी हुँदा समग्र देश र प्रतिगमनकारी शक्तिले पराजय भोगेको बताउँदै आफूहरुले गल्ती गर्दा सजग गराउन आग्रह गरे ।
नेपाली काँग्रेसका तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी थिएनन । उक्त अवसरमा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेशमा सचेत जनप्रतिनिधिले फ्लोरक्रस गरेर समेत गठबन्धनका उम्मेद्वारलाई भोट दिएको बताए । उनले पञ्चायत, बहुदल र गणतन्त्र ल्याउन जसरी वामपन्थी र प्रजातान्त्रिक शक्तिको गठबन्धन सफल भएको उल्लेख गर्दै अहिले केपि ओलीले चालेको संविधान विरोधी र प्रतिगमनकारी कदमलाई परास्त गरेको बताए ।
उक्त अवसरमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला उपसचिव सरिता श्रीसले बोल्दै गठबन्धनबाट विजयी भएकाहरुलाई जनता र संविधानको पक्षमा दृढताका साथ उभिन शूूभकामना दिए । लुम्बिनी प्रदेशमा बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका तीनै जना उम्मेद्वार विजयी भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित