'प्याब्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पाण्डे'

४ वर्ष अगाडि

रुपन्देही। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेय (रुपन्देही) को अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी (बाँके), उपाध्यक्षहरुमा केशव सापकोटा (कपिलवस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमर राज सुवेदी (दाङ), सह–सचिवमा तेजनाथ पौडेल (बर्दिया) र सह–कोषाध्यक्षमा महेश भूर्तेल (रुपन्देही) चयन भएका छन् ।

त्यस्तै कार्यकारिणी सदस्यहरुमा शारदा ज्ञवाली (रुपन्देही), रामदेव यादव (रुपन्देही), उपेन्द्र गुप्ता (नवलपरासी), वासुदेव रिजाल (दाङ) र राजेन्द्र कुमार आचार्य (बाँके) चयन भएका छन् ।

बाँकेको कोहलपुरमा सम्पन्न अधिवेशनको उद्घाटन समारोह प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमालको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्याब्सन केन्द्रिय सह–अध्यक्ष डि.के. ढुंगाना, सल्लाहकारहरु आशिष श्रेष्ठ, नारायण अधिकारी, सुमन गोपाल आचार्य, निर्मल उपाध्याय, अनिल झा, प्याब्सनका केन्द्रिय उपाध्यक्षहरु ईश्वरबहादुर गुरुङ, कृष्ण अधिकारी र विष्णु पन्थी, नेशनल प्याब्सन केन्द्रीय सचिव कुसुम रानाभाट लगायतले निजी विद्यालयहरु राज्यको शिक्षा विकासको मेरुदण्ड रहेको तर नेपाल सरकारले भेदभाव गरेको गुनासो गरेका थिए ।

अधिवेशनमा कोषाध्यक्ष केशव सापकोटाले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश अधिवेशनमा प्रदेशका विभिन्न जिल्लाबाट ३ सय ५० जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री