'सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुद्वारा ९१ सदस्यीय कक्षा कमिटी गठन'

४ वर्ष अगाडि

प्रदिप ज्ञवाली, सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अनेरास्ववियुले आफ्नो कमिटी बिस्तार कार्यलाइ तिब्रता दिएको छ ।
अबको समय महिलाहरु हर ठाउँमा नेतृत्व तहमा पुग्नु पर्ने र त्यसका लागि क्याम्पस तहबाटै आफ्ना अधिकार प्राप्तिको लडाइ सुरु गर्नु पर्ने त्यसका लागि बलियो सइ्गठन अनेरास्ववियु रहेको कार्यक्रमको प्रमुख अतिथि सङ्गठनको केन्द्रीय सदस्य सीता घिमिरेले बताउनुभयो ।
बिबिएस तथा बिएड प्रथम बर्षमा भर्ना भएर आएका बिद्यार्थीहर लाइ सङ्गठित गर्दै अगाडी लैजादै विद्यार्थीहरुको ब्यक्तित्व बिकास गराउन सङ्गठनले महत्वपुर्ण भुमिका खेल्ने क्याम्पस कमिटी सचिव धनऋषि शर्माले बताउनुभयो ।

विविएस र बिएड तर्फ गरि कुल ९१ सदस्यीय कक्षा कमिटी गठन भएको छ।
जस अन्तरगत बिबिएस तर्फ पुजा पुन अध्यक्षमा चयन हुनुभएको छ भने बिएड तर्फ अपेक्षा तिमिल्सिना अध्यक्ष पदमा चयन हुनुभएको छ । उहाँहरु कै नेतृत्वमा सो कमिटी गठन भएको हो ।

सङ्गठन बिस्तार कार्यक्रम संगठनका क्याम्पस कमिटी उपाध्यक्ष शिव न्यौपानेको अध्यक्षता,संगठनका केन्द्रिय सदस्य सिमा घिमिरेको प्रमुख आतिथ्यता,साथै अनेरास्ववियुका नेताहरु सुमित सापकोटा ,सौगात पाण्डे ,धनऋषि शर्मा,बिमल न्यौपाने ,रेखा भट्टराई ,सारदा चालीसे लगायत अनेरास्ववियुका क्याम्पस कमिटीका नेताहरुको उपस्थितमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत