'दलित मुक्ति संगठन रुपन्देही गठन, अध्यक्षमा सुनार'

४ वर्ष अगाडि

बुटवल। नेकपा एकिकृत समाजवादी पार्टी निकटको दलित मुक्ति संगठन रुपन्देही गठन भएको छ । मंगलबार बसेको भेलाले यमबहादुर सुनारको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

संगठनको उपाध्यक्षमा तेजबहादुर नेपाली, सचिवमा विनोद सुनार, उपसचिव प्रेम बराईली र कोषाध्यक्षमा सिता विक चयन भएका छन । भेलालाई सम्बोधन गर्दै दलित नेता तथा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य डोलेन्द्र गहतराजले सच्चा कम्यूनिष्ट दलितहरु समाजवादीमा आबद्ध हुनुपर्ने बताए । उनले इतिहासदेखि नै विभेदमा परेको दलित समुदायको अधिकार संस्थागत गर्नमा दलहरु चुकेको बताए ।
भेलाललाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटि सदस्य लिलबहादुर विक, जिल्ला सचिव अविराम विक, दलित मुक्ति संगठनका केन्द्रीय सदस्य राम बहादुर विक लगायतले बोल्दै नवगठित कमिटिलाई बधाई तथा सफल कार्यकालको शूभकामना दिएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत