'पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध अनेरास्ववियु रुपन्देहीद्धारा खेद ब्यक्त'

५ वर्ष अगाडि

बुटवल । अनेरास्ववियु रुपन्देहीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एल.पी ग्यासको मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गरेकोप्रति गम्भिर खेद प्रकट गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्काे मुल्यवृद्धि गरेकोप्रति अनेरास्ववियु रुपन्देहीले गम्भिर ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति मार्फत परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरु निरन्तर जनतालाई पिडाबोध गराउँदै आएकोप्रति निन्दा गरेको छ ।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई आम जनतामा यसको प्रत्यक्ष असर पर्ने र गरिव निमुखा जनताको ढाड नै सेकिने गरी भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गरिएको छ । विज्ञप्तिमा मागलाई अविलम्ब सम्बोधन नगरिए कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने जस्तोसुकै परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने व्यहोरा समेत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी