'पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी पाल्पा श्रीनगरलाई'

५ वर्ष अगाडि

स्याङ्गजामा क्रियाशिल संस्था आलमदेबी बहुउद्देश्यीय ग्रामीण सेवा परिवारले आफ्नो २२औं वार्षिक उत्सव तथा बिजया दशमीको अवसरमा आयोजना गरेको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा श्रीनगर भलिबल क्लवले प्रथम स्थान हासिल गरेको छ । फाइनल खेलमा श्रीनगर र बिर्घा युथ क्लवको खेल भएको थियो ।

श्रीनगर भलिबल क्लवको तर्फबाट सर्मिला नेपाली, निर्मा सारु, कल्पना सिङ्जाली, रोशनी थापा, बुनु आले, रोशनी आले, शिखा राना, रुबिना दर्लामी र रिचा नेपाली खेलेका थिए । खेलमा टिम कोच कुष्ण आले, टिम म्यानेजर छबि दर्लामी र क्यापटेन राधा बुडाथोकी रहेका थिए ।

त्यस्तै बिर्घा युथ क्लवले ८ टिमलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको छ । फाइनल खेलमा पाल्पा श्रीनगर र बिर्घा युथ कल्बको खेल भएको थियो । बिर्घा युथ कल्बको तर्फ बाट खेलाडीहरु सुजता राना, सरला थापा, सोइङ थापा, जमुना थापा, बिना परियार र सुजता थापा खेलेका थिए । खेलको टिम कोचमा सुरेस दर्जी, टिम म्यानेजरमा युवराज दर्जी र टिम क्याप्टेन सुस्मा दर्जी रहेका थिए ।

कालिगण्डकी गाउँपालिका वडा नं.–२ को लसरर्घावेशीमा ५ दिनसम्म चलेको प्रतियोगितामा प्रथम हुने समुहलाई तीस हजार नगद, शिल्ड र प्रमाणपत्र तथा दोस्रो हुने समुहलाई १५ हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खिम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

संस्थाले प्राकृतिक विपद राहत कोष सहयोगार्थ खुल्ला भलिवन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष बुद्धसिंह रानाले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी