'नेपाल स्काउट लुम्विनी प्रदेशद्वारा पोसाक वितरण'

५ वर्ष अगाडि

कपिलवस्तु //नेपाल स्काउट लुम्विनी प्रदेशको आयोजनामा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित ओदारी माविमा शनिवार पोशाक वितरण भएको छ । १६ जाना छात्र,१६ जाना छात्रा गरि ३२ जाना विद्यार्थीहरुलाई स्काउट पोसाक बितरण गरिएको हो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेशका संयोजक दिनानर्थ भट्टराईले स्काउट बालबालिकालाई स्काउट पाेशाक वितरण कार्यक्रममा बोल्दै बालबालिका तथा युवा वर्गलाई शरिरिक, मानसिक र बौदिक विकास गरी तिनिहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागि गराउन नेपाल स्काउले महत्वपूर्ण भमिका खोल्ने बताउनु भयो । प्रदेश भित्रका १२ जिल्लाका १२ वटा विद्यालयका बाललबालिकाहरुलाई स्काउटिङ शिक्षा पुयाउने लक्ष्यका साथ पहिलो चरणको कार्यक्रम रहेको उहाँले बताउनु भएको छ । अहिलेको समाज र बालबालिका अलिकति बिचलित भै स्वयंसेव भावना हराएको बताउदै अहिलेको समयमा स्काउटिङ शिक्षा अनिवार्य रहेको प्रदेशका संयोजक भट्टराईले बताउनु भयो । आर्थिक रुपमा कमजोर भएका विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरेको बताउदै प्रदेशका संयोजक भट्राइले स्काउट चलाएका विद्यालयको बेला बेलामा अनुगमन गर्ने बताउनु भएको छ ।
कार्य्रममा वडा नम्बर ११ का वडा अध्यक्ष सोमनार्थ अर्यालले बालबालिका शिक्षित भए मात्रै समाज सभ्य बन्ने बताउदै व्यक्तिगत तथा वडाबाट सहयोग गर्ने बताउनु भयो ।
प्रदेश सदस्य भगवती न्यौपानेले बालबालिकाले सानै उमेर देखी सामाजिक सेवाभाव प्रति आकर्षित गराउन,शान्ति, शुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले भुमिका खेल्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण कडेलले सामाजिक सेवाभावको शिक्षा अहिले आवश्यकता रहेको बताउदै नेपाल स्काउट लुम्बिनी प्रदेशलाई धन्यवाद दिनु भयो ।

ओदारी माविमाका प्र.अ.सुभाखर भुषालको अध्यक्षतामा भएको कार्य्रमकको सञ्चालन पालिका संयोजक अंजित खनालले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रदेश सदस्य सन्दिप आचार्य, नाराण अर्याल,लुम्बिनी प्रदेशका निर्देशक तारा तारा पुरि, पालिका सदस्य कृष्ण पौडेल, भोजराज बन्जाडे, राजेश चौधरी,समाज सेवि आर टि खान, खान,स्काउ शिक्षक कमल प्रसाद घिमिरे,लिना श्रेष्ट, विद्यालय व्यवस्थापन सदस्य देवि प्रसाद घिमिरे लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी